श्रीमती बनाउँछु दु:ख गर्नु पर्दैन भन्दै ललाई फकाई धनकुटा लैजाने भन्दै काकँडभिट्टा लगेपछि ... — OSNepal

श्रीमती बनाउँछु दु:ख गर्नु पर्दैन भन्दै ललाई फकाई धनकुटा लैजाने भन्दै काकँडभिट्टा लगेपछि …

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका-२ ठेगाना भएका ५० वर्षीय टेक बहादुर लामिछाने रहेका छन् । उनलाई पौष ११ गते काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ हाईटबाट पक्राउ गरेको हो ।

काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दु:ख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्‍याएका थिए ।

निजले भारतमा ति महिलालाई २ जना महिलाको जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेका थिए ।

सो थाहा पाएपछि उनी बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर