रुपन्देही १८ पौष । बुटवल उपमहानगरपालिका-९ इँटाभट्टीस्थित होटल आगन्तुकमा बसेका कास्की पोखरा महानगरपालिका-१३ बस्ने २४ वर्षीय सरण गुरुङ र १९ वर्षीय युगेन गुरुङलाई नियन्त्रित लागूऔषध ५० एम्पुल डाईजेपाम, ५० एम्पुल नुफिन र ५० एम्पुल फेनारागन सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले लागूऔषध बिक्री तथा सेवन गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, यसोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट बाणगँगा नगरपालिका(४ गजेडा बस्ने १९ वर्षीय गोकर्ण थारुलाई नियन्त्रित लागूऔषध ४० क्याप्सुल स्पास्मो र २० क्याप्सुल नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।