माओवादी केन्द्रको तिन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता, कुन कुन परे ? — OSNepal

माओवादी केन्द्रको तिन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता, कुन कुन परे ?

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नकेपा माओवादी केन्द्रले तिन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिने भएको छ ।

पार्टीको आठौं महाधिवेशन अन्र्तगत अहिले केहि बेर अगाडी मात्र सुरु भएको वन्द सत्रले तीन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिने निणर्य गरेको हो।

वन्द सत्र सुरु भएसँगै नेता गणेश साहले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई निरन्तरता दिन पेश गरेको प्रस्ताव वन्दसत्रले अनुमोदन गरेको हो ।

आजै केन्द्रको नेतृत्व चयन गरी वन्दसत्र सक्ने माओवादीको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर