थप २१६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २०९ जना भए निको — OSNepal

थप २१६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २०९ जना भए निको

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपाल आज सम्म कोरोना संक्रमित हुनेको संख्या
९ लाख २५ हजार २३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २०९ जना संक्रमणमुक्त भएका छन् । भने २ जनाको ज्यान गएको छ । यो नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर