राष्ट्रिय सभा सदस्यको भागवण्डा मिलाउन गठवन्धन दलहरुको बैंकठ बालुवाटारमा बस्दै — OSNepal

राष्ट्रिय सभा सदस्यको भागवण्डा मिलाउन गठवन्धन दलहरुको बैंकठ बालुवाटारमा बस्दै

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । राष्ट्रिय सभाको निवार्चनको लागि छलफल गर्न सत्ता गठवन्धन दलहरुको बैठक बस्ने भएको छ । भोली सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ ।

यही फागुन देखि ४ वर्षे कार्यकाल पुरा गरेका २० जना राष्ट्रिय सभाका सांसदहरुको समय सकिने भएको छ । सो २० जनाको पदपुर्ति गर्नको लागि भोली भागवण्डा मिलाउने बैंठक बस्न लागेको हो ।

२० जनामा कांग्रेसका तिन जना, माओवादीको चार जना , एकीकृत समाजवादीको चार सिट एमालेबाट आठजना र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

विषेश स्रोतका अनुसार कांग्रेसले कम्तीमा आठ सिट लिने तयारी गरेको छ भने, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले १ सिट दिने भएको छ ।

२० रिक्त सिटमा १९ सिट आफैलाई पार्ने सत्तारुढ गठबन्धन दाउ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर