माओवादी महाधिवेशन समानुपातिकतर्फ केन्द्रीय सदस्यको लागि निर्वाचन नहुने — OSNepal

माओवादी महाधिवेशन समानुपातिकतर्फ केन्द्रीय सदस्यको लागि निर्वाचन नहुने

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्र्तगत समानुपातिकतर्फ केन्द्रीय सदस्यको लागि निर्वाचन नहुने भएको छ । १५४ जना समानुपातिक पद्धतिबाट चयन गरिने केन्द्रीय सदस्य अब सहमतिबाटै चयन हुने भएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । जसको चयनको लागि निरन्तर माओवादीका शिर्ष नेताहरुका छलफलमा जुटेका छन् । २९९ जना मध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् ।

समानुपातिकतर्फ सात वटै प्रदेशलाई क्लस्टर छुट्याइनुका साथै पाँच प्रदेशमा सहमति जुटेको र बाँकी दूई प्रदशेका सहमतिको प्रयास भइरहेको बताइएको छ ।

समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।

माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन समेत गरिसकेको छ । अहिले चार बजेबाट उम्मेदवारी दर्ताको समय समेत तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर