सिके राउत नेतृत्वको जनमत पार्टीका सात जना नेताहरु थप सात दिन हिरासतमा — OSNepal

सिके राउत नेतृत्वको जनमत पार्टीका सात जना नेताहरु थप सात दिन हिरासतमा

LC (KTM) January 02, 2022 0

सप्तरी १८ पौष । डा सिके राउत नेतृत्वको जनमत पार्टीका सात जना कार्यकर्तालाई थप सात दिन हिरासतमा राख्ने भएको छ ।

सप्तरीबाट पक्राउ परेका उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको बताइएको छ ।

जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह, कंचनरुप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी– १ का अध्यक्ष सुरेन्द्र मण्डल तथा नेताहरु महीनारायण साह, योगानन्द साहलाई हिरासतमा राखेर अनुशनधान गर्न थप सात दिन थपिएको हो ।

किसानको आन्दोलनलाई सम्बोधन गर्दै गत हप्ताबाट आन्दोलन सुरु गरेको जनमत पार्टीका १४ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर