जनकपुर १८ पौष । मोटरसाइकल दुर्घटना हुँदा एकै पटक तिन जनाको ज्यान गएको छ ।
ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सपेताको रुखमा ठोक्किदा तिन जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले दिएको जानकारी अनुसार शनिबार राति रुखमा ठोक्किएर मोटरसाइकल बाटोभन्दा १० मिटर तल खसी दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा श्वरपुर नगरपालिका १० दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंह रहेका छन् ।
निजहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा ल्याइएको प्रहरीले ल्याइएको प्रहरीले जनाएको छ ।