माओवादीको केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्दै — OSNepal

माओवादीको केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्दै

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक बोलाएको छ ।

पार्टीको आठौं महाधिवेशन अन्र्तगत केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको बताइएको छ । माओवादी विधान अनुसार अध्यक्ष सहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था रहेको छ ।

साथै सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै शनिबारबाट सुरु भएको निर्वाचन प्रक्रिया समेत आज दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर