पत्नी सहित ‘टार्जन’ अभिनेता जो लाराको विमान दु र्घटनामा परी निधन — OSNepal

पत्नी सहित ‘टार्जन’ अभिनेता जो लाराको विमान दु र्घटनामा परी निधन

LC (KTM) May 31, 2021 0

एजेन्सी-‘टार्जन’ अभिनेता जो लाराको विमान दुर्घटनामा परी निधन भएको छ । टिभी श्रृखंला ‘टार्जन इन म्यानहेट्टन’मा टार्जनको भू​मिकाबाट उनी चर्चित बनेका थिए । ५८ वर्षीय लाराको शनिबार विमान दुर्घ टनामा निधन भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।। दुर्घटनामा उनकी श्रीमती ग्वेन श्याम्बलिन लारा सहित अन्य ५ जनाको निधन भएको हो । उनी चढेको सानो बिमान अमेरिकाको टेनेसीमा रहेको तालमा दुर्घटना भएको थियो ।

टिमले ७ मानिसको अवशेष समेत फेला पारेको छ । लाराले १९८९ मा टेलिश्रृखंला ‘टार्जन इन म्यानहेट्टन’ मा टार्जनको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले टिभी सिरिज ‘टाजर्न स् द इपिक भेडवेन्चर्स’ मा पनि काम गरेका थिए । संगीतमा करियर बनाउन उनले २००२ मा अभिनयबाट बिदा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर