दाङ १७ पौष । दाङमा निसास्सिएर एक जनाको मृत्यु भएको छ ।
झ्याल ढोका थुनेर कोठा तातो पार्न बालेको कोइलाले गर्दा प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनार रहेका छन् । शुक्रबार राती सुनार दम्पती कोइला बाली सुतेका थिए ।
वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारी अनुसार बिहान ४ बजेतिर कुसुम सुनार मृत्यु भइसकेको थियो ।
उनकी श्रीमती भने रक्तचाप कम भइसकेको अवस्थामा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।