प्रदेश १ मा कोरोना सक्रिय संक्रमितको संख्या ११९ जना , आज १४ जनामा संक्रमण — OSNepal

प्रदेश १ मा कोरोना सक्रिय संक्रमितको संख्या ११९ जना , आज १४ जनामा संक्रमण

LC (KTM) January 01, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, कानेपोखरी र रंगेलीमा १–१, झापाको विर्तामोड र बाहृदशीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर