ए डिभिजन लिगमा संकटालाई च्यासलले गोल रहित बराबरीमा रोक्यो — OSNepal

ए डिभिजन लिगमा संकटालाई च्यासलले गोल रहित बराबरीमा रोक्यो

LC (KTM) January 01, 2022 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबलाई च्यासल युथ क्लबले बराबरीमा रोकेको छ । दुबै टिमले बराबरी खेल्दै अंक बाँडेका छन् ।आज सम्पन्न खेलमा संकटाले च्यासलसँग गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर गुमाएका थिए ।

दुबै टोलिले पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । जसको कारण खेल गोलविहीन अवस्थामा सकिदै अंक बाँडेका हुन् ।यस बराबरीसँगै संकटाले ७ खेलमा १३ अंक जोडेको छ । संकटा तेस्रो स्थानमा यथावत रहेको छ । च्यासल ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर