ए डिभिजन लिगमा जावलाखेल माथि थ्रीस्टारको जित — OSNepal

ए डिभिजन लिगमा जावलाखेल माथि थ्रीस्टारको जित

LC (KTM) January 01, 2022 0

थ्री स्टार क्लबले ए डिभिजन लिग फुटबलमा संघर्षपुर्ण जित निकालेको छ । आज भएको खेलमा जावालाखेल युथ क्लबलाई दुई एक गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोलको योगदान दिएका थिए । जावलाखेलका लागि बिदेशी खेलाडी निकोलस फर्नान्डेसले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको आयुष घलानले थ्रीस्टारका लागि सात मिनेट बित्न नपाउँदै गोल गरेका थिए । खेलको २६ औं मिनेटमा ऋतिकले गोल गर्दै पहिलो हाफमा थ्री स्टारलाई दुई शुन्यको अग्रता दिलाएका थिए । दोस्रो हाफमा जवालाखेलका लागि निकोलसले ५५ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै थ्रीस्टार लिगको पाँचौं स्थानमा उक्लिएको छ । थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ । जावलाखेलले ७ खेलमा ७ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर