कोरोना भएपछि १८ दिन देखी अस्पतालमा उपचारत रमेश खरेल आज डिस्चार्ज हुने — OSNepal

कोरोना भएपछि १८ दिन देखी अस्पतालमा उपचारत रमेश खरेल आज डिस्चार्ज हुने

LC (KTM) May 31, 2021 0

काठमाडौं, जेठ १७-नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल आज डिस्चार्ज हुने भएका छन्।कोरोना संक्रमण भएपछि १८ दिन देखी अस्पतालमा उपचाररत उपचारत उनी आज डिस्चार्ज हुने भएका हुन् ।

संक्रमणबाट गम्भीर अवस्थामा पुगेका खरेलको नेपाल प्रहरी अस्पतालमा उपचार भएको हो।उनलाई करिब ५ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। केही दिनपहिले साधारण वार्डमा सारिएको थियो । खरेललाई आजै डिस्चार्ज गर्ने तयारी भएको उनकी छोरी रोजा खरेलले बताइन् ।

एसएसपीसम्म पहिलो नम्बरमा रहेका खरेललाई डीआईजी बढुवामा पछि पार्दै सर्वेन्द्र खनाललाई सरकारले आईजीपी नियुक्त गरिएको थियो।सोही कारण उनले एआईजी हुने अवसर समेत छाडेर डीआईजीबाटै राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर