ब्रिगेड लाई हराउँदै मनाङ ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा — OSNepal

ब्रिगेड लाई हराउँदै मनाङ ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

LC (KTM) January 01, 2022 0

ब्रिगेड ब्वाइजलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । पोखरा रंगशालामा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिन सफल भएको हो । मनाङको जितमा कप्तान अन्जन विष्ट नायक बने ।

उनले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । उसो त ब्रिगेडले पेनाल्टी पनि नपाएको भने हैन तर गोल गर्न नसक्दा मनाङ संग स्तब्ध हुन पुग्यो । मनाङ आदित्य चौधरीले पेनाल्टी बक्समा लेखीलाई लडाएपछि पाएको पेनाल्टी अवसरमा उनले पोस्ट भन्दा माथि प्रहार गरेका थिए ।

आजको जितसँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायम राखेको छ । तर, मनाङले एएफसी कपका लागि आइतबार हुने नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीचको खेल कुर्नु पर्नेछ। शीर्ष स्थानमा उक्लिएको मनाङले ७ खेलमा १६ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ५ अंक जोड्दै ब्रिगेड १२ औं स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर