काठमाडौं १७ पौष । अन्तत सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा निर्वाचन हुने भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।
शनिबार दिउँसो निर्वाचन समितिले १ हजार ७४२ जनाको मतदाता नामावली प्रकाशन गरेको हो ।
साथै केन्द्रीय सदस्य र पदाधिकारीको लागि भने सहमतिमा चयन गर्न साँझ पाँच बजे सम्म तोकिएको छ ।