काठमाडौं-कुवेतमा एक नेपालीको निधन भएको छ । रुकुम पश्चिमका ४३ वर्षीय महेश घर्तीको हृदयाघातका कारण निधन भएको बताइएको छ ।
विगत ३ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका उनी घर फर्कनका लागि टिकट लिएर बसेका थिए । हृदयाघात भए लगतै अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
मृत्युपछि कम्पनी र परिवारसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो शव नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ।उनका श्रीमती, ३ छोरी र १ छोरा रहेको बताइएको छ । उनको निधनको खबरले परिवार शोकाकुल बनेको छ ।