ब्राजिलमा २४ घण्टामा ४३ हजार ५२० जना संक्रमितहरु भेटिए, ८७४ जनाको मृत्यु — OSNepal

ब्राजिलमा २४ घण्टामा ४३ हजार ५२० जना संक्रमितहरु भेटिए, ८७४ जनाको मृत्यु

LC (KTM) May 31, 2021 0

साओ पाओलो १७ जेठ- ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृ त्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ ।

यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार ९३१ जनाको ज्यान गएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन । कतिपय दिन यहाँ संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ ।

अधिकारीहरुले संक्रमितहरु यहाँका अस्पतालहरूमा ठूलो संख्यामा रहेका पाइएको छ । अधिकारीहरुले अहिले पनि यहाँका बिरामीको चाप थेग्न सकेका छैनन् । यहाँ गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना संक्रमितहरु भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।

त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ब्राजिलका अधिकारीहरुले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । (रासस÷रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर