ए डिभिजन लिगमा एनआरटी द्धारा फ्रेण्ड्स पराजित — OSNepal

ए डिभिजन लिगमा एनआरटी द्धारा फ्रेण्ड्स पराजित

LC (KTM) December 31, 2021 0

बिदेशी खेलाडी मेसुके ओलुमोउले दुई गोल संगै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी बिजयी भएको छ । हिजो भएको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई दुईका बिरुद्ध तीन गोल अन्तरले पराजित गरेको हो । एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउ एक्लैले दुई गोल गरे । यस्तै स्टेभेन समिरले एक गोल थपे ।

फ्रेन्ड्सका जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए पनि जितका लागि पर्याप्त बन्न सकेको थिएन । । जितसँगै एनआरटीले ७ खेलमा १० अंक जोडेको छ । एनआरटी पाँचौ स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ७ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर