काठमाडौं- नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले लुम्बिनी प्रदेशमा भइरहेको चुनाबमा भोट हाल्न नजाने बताएका छन् । दाङमा भइरहेको चुनावमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष र उपाध्यक्ष भोट हाल्न पुगेका बेला धवलले भने आफु नजाने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा कोरोनाको यस्तो महामारीको बेलामा आफ्नो प्राथमिकता चुनाव नभइ कोरोनासँग जुध्ने काम भएकोले चुनाबमा भोट हाल्न नजाने बताएका हुन् ।
राप्रपाबाट निर्वाचित राणाले सामाजिक सञ्जालमा लेखेका छन् ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद १! आज लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्य छान्न उपचुनाव भइरहेको छ ।