एजेन्सी- विवाह गरेकै दिन आफ्नी नवदुलही पाँच महिनाको गर्भवती रहेको थाहा पाएपछि दुलाहले उजुरी दिएका छन्।स् भारतको उत्तर प्रदेशको मेरठका दुलाहाले विवाहको पहिलो राती श्रीमती ५ महिनाको गर्भवती भएको थाहा पाएपछि ससुराली पक्षले आफूलाई फसाएको भन्दै उजुरी दिएका हुन्।
आफ्नी श्रीमतीको गर्भावस्थाको बारेमा ससुरालीमा जानकारी गराउँदा ससुराले उल्टो झुटो मुद्दामा फसाउने धम्की समेत दिएको र उल्टै युवकसँग १० लाख रुपैयाँ समेत मागेको बताइएको छ ।
विवाहको रात श्रीमानलाई शंका लागेपछि अस्पताल लगेर अल्ट्रासाउण्ड रिपोर्ट हेरेपछि उनको पेटमा ५ महिनाको गर्भ रहेको पत्ता लागेको बताइएको छ । उनको पेटमा जुम्ल्याहा बच्चा हुर्किरहेको बताइएको छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।