म्याग्दीमा २२ जना युवा मिलेर गर्छन बङ्गुरपालन — OSNepal

म्याग्दीमा २२ जना युवा मिलेर गर्छन बङ्गुरपालन

LC (KTM) December 31, 2021 0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले गरेको सामुहिक बङ्गुरपालन । गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा लेकाली बहुउद्देश्यीय कृषक समूहमार्फत २२ जना युवाले बङ्गुरपालन गरेका हुन् ।

‘कृषिलाई उद्योगमा बदलौँ ’ – अर्थमन्त्री-अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्र्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताउनुभयोे ।

एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन”, उहाँले भन्नुभयो, “यस क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ ।”

किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी सङ्घले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताउनुभयो । किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उहाँको भनाइ थियो ।
सङ्घका अध्यक्ष खेमबहादुर पाठकले ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजी सङ्कलन गर्दै विपन्न तथा पछाडि परेका किसानलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर कृषि र पशुपक्षीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गरिएको बताउनुभयो ।

राउटे समुदायका गङ्गादेवी पुरस्कृत

कार्यक्रममा जङ्गलमा बसोबास गर्दै आएको राउटे समुदायबाट कृषि सहकारीमा आबद्ध भई कृषि तथा पशुपालन गर्दै आउनुभएकी गङ्गादेवी राउटेलाई सम्मान गरिएको थियो ।
डडेल्धुराका गङ्गादेवीलाई अर्थमन्त्रीले सहकारीको तर्फबाट रु पाँच हजार प्रदान गर्नुभयो। उहाँले मास खेती गर्नाका साथै एक दर्जन बढी बाख्रा पाल्नुभएको छ । बाख्राका पाठापाठी बिक्री गरेर गङ्गादेवीले वार्षिक रु ८० हजार आम्दानी गर्दै आउनुभएको पनि सङ्घले जनाएको छ । कृषि सहकारीबाट रु एक लाख कर्जा लिएर उहाँले कृषि तथा पशुपालन गर्दै आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर