कांग्रेस नेताहरुको वरियता सार्वजनिक: चौथो स्थानमा गगन थापा आउँदा २० औं नम्बरमा परे शेखर कोइराला — OSNepal

कांग्रेस नेताहरुको वरियता सार्वजनिक: चौथो स्थानमा गगन थापा आउँदा २० औं नम्बरमा परे शेखर कोइराला

LC (KTM) December 31, 2021 0

काठमाडौं १६ पौष । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएका नयाँ कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।

महाधिवेशनबाट निर्वाचित १३४ जना केन्द्रिय सदस्यसहित सभापतिमा पदमा पराजित भएका शेखर कोइरालालाई नाम समेत सुचीमा राखिएको छ ।

पहिलोमा प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा , दोस्रोमा उपसभापति पुर्णबहादुर खड्का तेस्रोमा उपसभापति धनराज गुरुङ र चौथौंमा महामनत्री गगन थापाको नाम सुचीमा परेको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने गथापा भन्दा पछाडि परेका छन् ।
सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुरको नाम आउँदा केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ र दोस्रो नम्बरमा शशांक कोइरालाको नाम परेको छ ।

त्यसैगरी, यस महाधिवेनबाट सभापति पदमा पराजित भएका शेखर कोइराला २० औं वरियतामा परेका छन् । १३५ जनाको अन्तिम स्थानमा भने जीवन राना परेका छन् ।

यही मंसिर २४ देखि २८ गते सम्म भएको महाधिवेशनमा सभापतिमा दोस्रो पटक शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर