सरकारमा जान आतुर जसपाका ठाकुर र ओलीबिच भेटवार्ता — OSNepal

सरकारमा जान आतुर जसपाका ठाकुर र ओलीबिच भेटवार्ता

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । सरकारमा जान आतुर देखिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकार जाने विषयमा छलफल भएको बताइएको छ ।

जसपाको ठाकुर पक्षलाई लिएर सरकारमा जाने तयारी गरेका ओलीलाई भेट्न अर्का नेता राजेन्द्र महतो पनि बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतले जनाए अनुसार यही हप्ता नै ठाकुर पक्ष सरकारमा जाने टुंगो लाग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर