फुटको संघारमा पुगेको जसपालाई भट्टराईको सुझाव : नयाँ निर्माणको लागि पुरानो भत्कनैपर्छ,हात मिलाएर आ-आफ्नो बाटो लागौं — OSNepal

फुटको संघारमा पुगेको जसपालाई भट्टराईको सुझाव : नयाँ निर्माणको लागि पुरानो भत्कनैपर्छ,हात मिलाएर आ-आफ्नो बाटो लागौं

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले फुटको संघारमा पुगेको जसपालाई भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ भन्दै नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्ने बताएका छन् । नेता भट्टराईले आफ्नो पार्टी प्रधानमन्त्री केपी ओली सरकारले गर्दा दुई भागमा विभाजन भएको हुँदा समयले नयाँ ध्रुवीकरण खोज्दैछ, भने तानातान र किनबेचको तमासा नगरौं भनेका छन् ।

आफ्नै पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संकेत गर्दै भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ १ हात मिलाएर आ-आफ्नो बाटो लागौं १ हिडिरहे फेरि भेट हुने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् । दुई विधाजनको बाँडिएको जसपामा अध्यक्ष ठाकुर पक्ष ओलीलाई समर्थन गरिरेहेका छन् । भने यता अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने विपक्षी दलको समर्थन रहेका छन् । एकले अर्कोलाई स्पष्टिकरण सोधिरहेको जसपामा कारवाहीको चेतावनी पनि एकले अर्कोलाई दिँदै आएको छ ।

भट्टराईले लेखेका छन् । ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ, अतस् मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ !हात मिलाएर आ-आफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेट हुनेछ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर