नेकपा एमाले पार्टीबाट परिवर्तनको संकल्प नभएको पार्टीपौवामा परिणत भयो : माधव नेपाल — OSNepal

नेकपा एमाले पार्टीबाट परिवर्तनको संकल्प नभएको पार्टीपौवामा परिणत भयो : माधव नेपाल

LC (KTM) December 31, 2021 0

काठमाडौं १६ पौष । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीपौवामा परिणत भएको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश गर्ने एक कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । एमाले अब पार्टी हैन पार्टीपौवामा परिणत भएको छ ।

‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भएपनि काम नलाग्ने । त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन ।’ नेपालले भनेका थिए ।

केही गरौं भन्ने पवित्र सोच नभएको एमालेमा ‘परिवर्तनको संकल्प नभएको नेपालले बताएका थिए ।

साथै आफ्नो नेकपा एस पार्टी भने जनताको पीडालाई सम्बोधन गरेर अगाडी बढ्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर