भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा नेपालमा खतरा बढ्यो — OSNepal

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा नेपालमा खतरा बढ्यो

LC (KTM) December 31, 2021 0

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।

मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।
डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।

ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले दिल्ली र महाराष्ट्रका अधिकारीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । सुरुमा कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकी मुलुकमा देखिएको सो भाइरस भारतको २१ राज्यमा फैलिसकेको छ ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।हालसम्म ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ भने बेलायतमा मात्रै सो भेरियन्टबाट ७ जना र अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ ।ओमिक्रोन भेरियन्ट नेपालमा समेत देखापरिसकेको छ । नेपालमा पनि तीन जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भइसकेको छ । डिसेम्बर पहिलो साता नेपालमा दुई जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट फैलिए रोकथामका लागि अहिलेसम्म स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कुनै तयारी गरेको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर