उपचारमा संलग्न चिकित्सकले ओमिक्रोन भेरियन्टबाट सतर्क रहेर काम गर्न निर्देशन — OSNepal

उपचारमा संलग्न चिकित्सकले ओमिक्रोन भेरियन्टबाट सतर्क रहेर काम गर्न निर्देशन

LC (KTM) December 31, 2021 0

विराटनगर-प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरुलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिनुभएको छ । कोभिड अस्पताल विराटनगरको निरीक्षण गर्दै उहाँले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिनुभएको हो ।

साथै मन्त्री कार्कीले कोरोना सङ्क्रमितहरुलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो “उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरुले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रुपमा सेवा दिनुपर्छ ।” उहाँले स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ भत्रुभयो ।मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरुका साथै अस्पतालको आइसियु, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर