सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै — OSNepal

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । नेपाली कांग्रेसले आज सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओली सरकारले जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट विषयमा पत्रकार सम्मेलन गर्ने भएको हो ।

संसद नै नभएको समयमा बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्षमा पुगेको नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटबारे आफ्नो धारणा राख्न आज पत्रकार सम्मेलन गर्ने भएको हो । हिजो सभापति शेरबहादुर देउवाको निवासका बसेको विपक्षी गठबन्धनको बैठकले पनि सरकारले अध्यादेशबाट बजेट ल्याए र संविधान उल्लंघन गरेको निष्कर्षमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर