१५ करोड ७५ लाख हिनामिना गरेको अभियोगमा चार जना पक्राउ — OSNepal

१५ करोड ७५ लाख हिनामिना गरेको अभियोगमा चार जना पक्राउ

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवी प्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका-६ बस्ने ४७ वर्षीय नविन सुवेदी रहेका छन् ।

विराटनगर महानगरपालिका-७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ रकम हिनामिना भएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर