पिपिइ लगाएर संक्रमित संगै कुरा गरेका कानुनमन्त्री कार्की भन्छन् -कोभिड अस्पताल भित्र डाक्टर नआउने गरेको गुनासो बढेपछि अनगमनमा आएको हुँ — OSNepal

पिपिइ लगाएर संक्रमित संगै कुरा गरेका कानुनमन्त्री कार्की भन्छन् -कोभिड अस्पताल भित्र डाक्टर नआउने गरेको गुनासो बढेपछि अनगमनमा आएको हुँ

LC (KTM) December 30, 2021 0

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितसंग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका छन् । पिपिई लगाएर सुरक्षित रुपमा चिकित्सक टोलीसँगै कोभिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट नै जानकारी लिएका हुन् ।

प्रदेश सरकारले संचालन गरेको अस्पतालमा अक्सिजन चाहिने र गम्भीर प्रकृतिका संक्रमितलाई उपचार सेवा उपलब्ध रहदै आएको छ । मन्त्री कार्कीले भने, भित्र चिकित्सकहरु नजाने गरेको, उपचारमा हेलचेक्राइँ हुने गरेको बाहिरबाट गुनासो आउने गरेको थियो त्यही भएर आफै अवस्था बुझ्न आएको हूँ ।

कार्कीले उपचारमा कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र फेरि ओमीक्रोन संक्रमण बढ्न सक्ने देखिएकोले अस्पतालको व्यवस्थापन लगायतका विषयमा छलफल गरी जानकारी दिएको मन्त्री कार्कीले बताए । कोशी कोभिडमा एक सय बेडसहित आइसियु र भेन्टीलेरको समेत सुविधा छ ।‌ अहिले अस्पतालमा उपचार गर्नु पर्ने बिरामीको लागि कोशी कोभिडमा मात्र सेवा उपलव्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर