पाँचपोखरी, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिमि भेगमा पर्ने पाँचपोखरी थाङपाल गाउंपालिका वडा नम्बर ६,थाङ्पालधापमा संचालित थाङपालधाप साना किसान सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक सभाको नेकपा एमालेका नव निर्बाचित स्थायी कमिटि सदस्य एबम
पुर्ब मन्त्री एबम सोहि क्षेत्रबाट निर्बाचित माननीय शेर बहादुर तामाङले आज एक समारोह बीच उद्घाटन गर्नु भएको छ ।
उक्त कार्यक्रम आफ्नो शुभकामना मन्तब्य राख्नु हुंदै पुर्बमन्त्री तामाङले राज्यको तीन खम्बे अर्थनीतिको एउटा महत्वपूर्ण खम्बा सहकारी क्षेत्र रहेको र त्यस मध्ये पनि साना किसान सहकारीले निम्न आय भएका किसानहरुको जिवनस्तर उकास्न झनै महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो ।साथै सहकारीको उत्तरोत्तर प्रगतिको लागि आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । करिब तीन बर्ष अगाडी स्थापित सो सहकारी संस्थाको बार्षिक कारोबार रु. ३,२९,९०,१९२ । रहेको र ऋण लगानी रु.३,०६,७१,९५६ । र ४१७ जना किसानहरु सदस्य रहेको सो संस्थाका अध्यक्ष शिशिर वाईबाले बताउनु भयो ।
सो कार्यक्रममा संस्थाका शेयर सदस्य सदस्य एबम याङरीमा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष निर्मल बन्जारा,याङरी लार्के सरोकार समितिका कोषाध्यक्ष सोमर बोम्जन, ARSOW Nepal का कार्यक्रम संयोजक हर्क गोले ,गाउंपालिका प्रतिनिधि ध्रुब लामिछाने ,वडा अध्यक्ष मान बहादुर तामाङ,गाउं कार्यपालिका सहकारी बिभाग प्रमुख एबम वडा नम्बर २ का वडा अध्यक्ष पासाङ लामा,गाउँ पालिका उपाध्यक्ष सुनिता अधिकारी लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरुलाइ सम्मान गरिएको थियो।