सत्ता पक्ष र विपक्ष गठबन्धनलाई यस्तो भन्दै डा.धवलशम्शेर राणाबाट लुम्बिनी प्रदेशराष्ट्रियसभा सदस्य उपनिवार्चन वहिष्कार — OSNepal

सत्ता पक्ष र विपक्ष गठबन्धनलाई यस्तो भन्दै डा.धवलशम्शेर राणाबाट लुम्बिनी प्रदेशराष्ट्रियसभा सदस्य उपनिवार्चन वहिष्कार

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । नेपालगञ्‍ज उपमहानगरपालिकाका मेयर डा। धवलशम्शेर राणाले अहिले सुरु भएको लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिवार्चन वहिष्कार गरेका छन् । कोरोनाको यो संकटमा आफ्नो पहिलो प्राथमिकता कोरोनासँग लड्ने भएकाले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई आफुले मतदान गर्न नसक्ने सामाजि सञ्जाल फेसबुक मार्फत बताएका हुन् ।

उनले भनेका छन् , ‘मेरो प्राथमिकता मदतान होइन, कोभिडसँग जुध्नु हो ।’ सत्ताको संघर्षमा उत्रिएका सरकार पक्ष विपक्षी गठबन्धनलाई आफुले सहयोग नगर्ने बताएका राणाले आफ्नो सुरु भएको पहिलो कर्तव्य कोरोनासँग जुध्‍ने रहेको स्पष्ट पारेका हुन् । उपनिर्वाचनको लागि नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्‍ने रहेकोले काँग्रेस, एमाले र माओवादीको यो अबस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निणर्य गरेको छु, धन्यवाद !!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर