प्रचण्डमाथि लेखनाथ न्यौपानेको टिप्पणी : प्रचण्डले कही कतै गएर हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भनेको सुनिएन — OSNepal

प्रचण्डमाथि लेखनाथ न्यौपानेको टिप्पणी : प्रचण्डले कही कतै गएर हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भनेको सुनिएन

LC (KTM) December 30, 2021 0

काठमाडौं पौष १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्तुत् गरेको प्रतिवेदनमा नेता लेखनाथ न्यौपानेले आफ्नो पार्टीमा पनि बा प्रवृति देखा परेको बताएका छन् ।

प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै नेता पौडेलले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका छन् ।

प्रतिवेदनमाथि फरक मत राखेका उनले एमालेका अध्यक्ष केपी ओलीले लेखेका पत्रमा ३४ पटक म भन्ने शब्द दोहोरिएको बताउँदै उनले भनेका छन्, ‘हामीले ओलीभित्रको ‘बा’ प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ ।’

अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै उनले आफ्नो फरक मतमा लेखेका छन् , कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरुको तस्वीर रार राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला ?’

साथै फरक मतमा उनले प्रचण्डले कही कतै गएर हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने नगरेको भन्दै आलोचना समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर