नयाँ दिल्ली, १५ पुस । भारतमा महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्राउ परेका एक हिन्दुवादी नेतामाथि प्रहरी मुद्दा चलाएको छ । सन्त कालीचरण महाराजलाई बिहीबार चलाएको हो ।
अभिव्यक्तिमार्फत समुदायहरुबीच दश्मनी प्रबर्द्धन गरेको कालीचरणमाथि आरोप लागेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कालीचरणले भनेका छन्, ‘मोहनदास करमचन्द गान्धीले देश ध्वस्त पारेका थिए । गान्धीका हत्यारा नाथुराम गोड्सेलाई स्यालुट छ ।’
रायपुरमा धर्म ससंदलाई सम्बोधन गर्दै उनले मुस्लिमहरूलाई पनि होच्याएका थिए । मुस्लिमको उद्देश्य राजनीतिमार्फत देश कब्जा गर्नु भएको उनको भनाइ थियो । हिन्दु धर्म रक्षाका लागि कट्टर हिन्दुवादी नेताहरूलाई निर्वाचित गर्न उनले माग गरेका थिए ।
यसैबीच, महाराष्ट्रमा सत्तारुढ कंग्रेसको राज्य एकाइका अध्यक्ष मोहन मार्कमले कालीचरणलाई राज्यद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन् ।