प्रचण्डले प्रस्तुत् गरेको महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै लेखनाथ न्यौपानेले राखे आठ फरक मत — OSNepal

प्रचण्डले प्रस्तुत् गरेको महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै लेखनाथ न्यौपानेले राखे आठ फरक मत

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । नेकपा माओवादी केन्द्रको जारी बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।

प्रचण्डले पेश गरेको  ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपुर्ण   रहेको  भन्दै  आठ फरक  मत   राखेका  हुन्  ।

बुधबार ११ समुहले आफ्नो समुहगत निष्कर्ष र सुझाव दिइसकेका छन् भने बाँकी १४ समुहले आज आफ्ना सुझाव दिइरहेका छन् ।

यसै बिच नेता न्यौपानेले महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै आफ्ना ८ वटा फरक मत राखेका हुन् ।

सोही समहुका केहि नेताले भने लिखित सुझाव समेत राखेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्द सत्र चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर