प्रचण्डले प्रस्तुत् गरेका राजनीतिक प्रतिवेदनको नाम परिर्वतन गरी ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न सुझाव — OSNepal

प्रचण्डले प्रस्तुत् गरेका राजनीतिक प्रतिवेदनको नाम परिर्वतन गरी ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न सुझाव

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत् गरेका प्रतिवेदनको नाम नै परिर्वतन गर्न सुझाव आएको छ ।

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न बनेको २५ समुह मध्ये आज १४ वटा समुहले आफ्नो सुझाव पेश गर्दै छ ।

जसमा टोलीका जगत सिम्खडाले शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने बताएका छन् । उक्त समुहको सुझावमा प्रचण्ड पथलाई ब्यूँताइनु पर्ने पनि बताइएको छ ।

साथै यो समुहले सातौँ महाधिवेशनमा ल्याइएको उत्पादन ब्रिगेड किन कार्यान्वयन हुन सकेन भन्ने विषयमा पनि समीक्षा हुनुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर