पक्राउ परेका र्‍यापर लाउरेबारे प्रहरी भन्छ- प्रारम्भिक अनुसन्धानमा उनी दाेषी देखिए — OSNepal

पक्राउ परेका र्‍यापर लाउरेबारे प्रहरी भन्छ- प्रारम्भिक अनुसन्धानमा उनी दाेषी देखिए

LC (KTM) December 30, 2021 0

पोखरा, १५ पुस-चर्चित र्‍यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहित पोखराबाट पक्राउ परेका छन् । न्युरोडस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो । ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

लाउरेसँगै चारजना पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनीहरूको साथबाट ब्राउन सुगर र अन्य लागुऔषध बरामद भएको बताइएको छ ।

लाउरे युवा पुस्तामाझ लोकप्रिय छन् । ‘प्रहरी खटिएको थियो । सेवनको प्रयोजनका लागि कारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, ‘त्यही सूचनाका आधारमा पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ, प्रारम्भिक रूपमा उनी दोषी देखिए ।’

लाउरेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । बिहीबार अदालत बन्द भएकोले मुद्दा अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । शुक्रबार लागुऔषध मुद्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर