काठमाडौं १५ पौष । अवैध लागुऔधष सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ का २९ वर्षिय नारायण क्षेत्री, गैडहवा–८ का २० वर्षिय रेसम पुन र सोही स्थानका १९ वर्षिय सुजन पुन रहेका छन् ।
क्षेत्रीको घरमा अवैध लागु औषध बिक्रि वितरण भइरहेको सुचनाको आधारमा
लाका प्रहरी कार्यालय सूर्यपुरा र ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा ब्राउन सुगर जस्तो धुलो पदार्थ अन्दाजी १५ ग्राम तौल भएको लागुऔषध तथा डिजिटल तराजु, मोबाइल ३ थान र नगद ६५ हजार ५ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।
निजहरु उपर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।