भौगर्भिक अवस्था अध्ययनका लागि हेलम्बु पुगेका एडिबीको विशेषज्ञसहितको टोलीलाई हेलिकप्टरबाट उद्धार — OSNepal

भौगर्भिक अवस्था अध्ययनका लागि हेलम्बु पुगेका एडिबीको विशेषज्ञसहितको टोलीलाई हेलिकप्टरबाट उद्धार

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । हिउँमा फसेका एसियाली विकास बैंक ९एडिबी०को विशेषज्ञसहितको टोलीलाई आज बिहिबार बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।

पहिरो अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेको एडीबीको विशेषज्ञ टोली बसेको टेन्ट हिउँ पहिरोले बगाएपछि रातभर ओढारमा बसी रात कटाएका १५ जनाको श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

जसमा पाँचमा जना भने चिसोका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि काठमाडौं ल्याइएको छ ।

अन्य दश जनाको भने उद्धार गरेर हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित एक होटलमा राखिएको प्रहरीले जनाएको छ ।

एक साता अघि हेलम्बु क्षेत्र पुगेको यो टोली गत असार १ गते सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति गरेपछि भौगर्भिक अवस्था अध्ययनकाउक्त स्थान पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर