एसीसी यू १९ एसिया कप क्रिकेटको समुह चरण बाटै बाहिरिएको नेपाली टोली स्वदेश फिर्ता — OSNepal

एसीसी यू १९ एसिया कप क्रिकेटको समुह चरण बाटै बाहिरिएको नेपाली टोली स्वदेश फिर्ता

LC (KTM) December 29, 2021 0

एसीसी यू १९ एसिया कप क्रिकेटको समुह चरण बाटै बाहिरिएको नेपाली यू १९ क्रिकेट टोली स्वदेश फर्किएका छन् । दुबईमा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली आज स्वदेश फर्किएका हुन् । तिन वटै खेलमा पराजित भएको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

समूह बी मा रहेको नेपाल अंक नजोडी घर फर्किएको हो। पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो । अन्तिम खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर