बेलायतका प्रधानमन्त्री बोरिसका छोरा विल्फ्रेडले देखे आफ्नै बाबुको बिहे — OSNepal

बेलायतका प्रधानमन्त्री बोरिसका छोरा विल्फ्रेडले देखे आफ्नै बाबुको बिहे

LC (KTM) May 31, 2021 0

लण्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गर्नु भएको छ । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उहाँले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गर्नु भएको हो ।

उहाँहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिनु भएको जनाइएको छ । उहाँहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गर्नु भएको हो । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।

बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।

उहाँहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्षको हुनुभएको छ भने उहाँकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर