पार्टीको नीति नो एमसीसी हुनुपर्छ :विडारी — OSNepal

पार्टीको नीति नो एमसीसी हुनुपर्छ :विडारी

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्द सत्रमा समुहगत छलफलबाट निस्किेको निष्कर्ष सुनाउन सुरु गरिएको छ ।

पहिलो समुहका नेता रुपमा आफ्ना निष्कर्ष राख्न पुगेका रामनारायण विडारीले एमसीसी परिमार्जन होइन खारेज नै हुनुपर्ने बताएका छन् ।

‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’ उनले सुझाव पेश गर्ने क्रममा भने ।

पार्टीका अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा एमसीसी परिमार्जन गर्नुपर्छ भने पनि बिडारीले भने पार्टीको नीति नो एमसीसी हुनु पर्ने बताएका हुन् ।

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न बनाइएको २५ वटा समुहलाई अपाm्नो निष्कर्ष प्रस्तुत गर्न १५ मिनेटको समय छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर