काठमाडौं १४ पौष । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि दरखास्त आह्वान खुलाएको छ ।
आयोगले सबै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि आज बुधबार विज्ञापन आह्वान गरेको हो ।
यही माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँ र २० गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् दरखास्त दिन सक्ने आयोगले विज्ञापन मार्फत जानकारी गराएको छ ।