चलचित्र प्राविधिकका लागी अमेरिकाबाट नायिका जल शाह र रमेश उप्रतीले गरे आर्थिक सहयोग — OSNepal

चलचित्र प्राविधिकका लागी अमेरिकाबाट नायिका जल शाह र रमेश उप्रतीले गरे आर्थिक सहयोग

LC (KTM) May 31, 2021 0

काठमाडौं- अभिनेता रमेश उप्रेतीले चलचित्र प्राविधिकका लागि आर्थिक सहयोग गरेका छन् । हाल अमेरिकमा रहेका रमेशले लकडाउनमा दैनिकी गुर्जान समस्यामा रहेका प्राविधिकलाई पच्चीस हजार सहयोग गरेका छन् । उप्रेतीले चलचित्र प्राविधिकका लागि उक्त रकम प्रदान गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् ।

यस्तै निर्देशक सुरेश दर्पण पोखरेलको अगुवाइमा अमेरिकामा सञ्चालित अक्सिजन फर् नेपाल क्याम्पियनमा अभिनेत्री जल शाह र कलाकार शुशांक मैनालीले आर्थिक सहयोग गरेका छन् । निर्देशक पोखरेलका अनुसार जल र शुशांकले क्रमशः ८५ हजार पाँच सय सहयोग गरेका हुन् ।

एक महिनादेखिको लकडाउनका कारण मारमा रहेका चलचित्र प्राविधिकलाई थुप्रै फिल्मकर्मीले नगद एंव राहत सामाग्री प्रदान गर्दै आइरहेका छन् । हिजो मात्र नायिका करिश्मा मानन्धरले पनि खाधान्न सहयोग गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर