दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि — OSNepal

दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि

LC (KTM) May 31, 2021 0

हुम्ला- कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ । हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।

नमूना विद्यालयको शिलान्यास :- सदरमुकामस्थित सिमिकोट नमूना आवासीय विद्यालयको भवनको शिलान्यास भएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त शिलान्यास गर्नुभएको थियो । संघीय सरकारको रु एक करोड २६ लाख आर्थिक सहयोग र सिमिकोट गाउँपालिकाको समन्वयमा उक्त भवन निर्माण हुने पालिकाका निमित कार्यकारी प्रमुख उजिर रोकायाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर