प्रदेश १ मा आज १४ जनामा कोरोना संक्रमण, १ जना पुरुषको मृत्यु — OSNepal

प्रदेश १ मा आज १४ जनामा कोरोना संक्रमण, १ जना पुरुषको मृत्यु

LC (KTM) December 28, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा आज सबै भन्दा बढी मोरङमा संक्रमित भेटिएका छन् ।

१४ जना संक्रमित मध्ये १० जना मोरंगमा मात्र भेटिएका हुन् । त्यस्तै झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ९ र उर्लाबारीमा १, झापाको भद्रपुर र सुनसरीको इटहरीमा १–१ जनामा संक्रमण भएको छ । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर