भारतमा पत्याउनै नसकिो गरी ह्वात्तै संक्रमित, घट्यो मृ त्युदर पनि — OSNepal

भारतमा पत्याउनै नसकिो गरी ह्वात्तै संक्रमित, घट्यो मृ त्युदर पनि

LC (KTM) May 31, 2021 0

काठमाडौँ-दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५३ हजार ४८५ जनामा संक्रमण भएको छ जुन संख्या आइतबारको तुलनामा २१ हजारले कम हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । मृतकको संख्या नघटेको भारतमा पछिलो २४ घण्टामा मृ तकको संख्या पनि घटेको छ । । दैनिक चार हजार हाराहारी संक्रमितको मृ त्यु हुँदै आएकोमा सोमबार यो संख्या ३ हजार १२९ मा झरेको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृ तक संख्या ३ लाख २९ हजार १२७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर