थप २६४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ जना संक्रमित भने भेन्टिलेटरमा — OSNepal

थप २६४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ जना संक्रमित भने भेन्टिलेटरमा

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।योसँगै आजसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दिएको जानकारी अनुसार पछिल्ल्लो २४ घण्टामा ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् । साथै २ जना संक्रमितको भने ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।

कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर